प्रथम त्रैमासिक परीक्षा २०८२
🇳🇵 प्रथम त्रैमासिक परीक्षा २०८२
📚 कक्षा : ९
⏳ समय : २ घण्टा
📝 पूर्णाङ्क : ५०
✅ उत्तीर्णाङ्क : १८
⏳ समय : २ घण्टा
📝 पूर्णाङ्क : ५०
✅ उत्तीर्णाङ्क : १८
विषय : नेपाली
१. २ समूह ‘क’ मा दिएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस्
समूह ‘क’
पद्धति
खोटो
गौरव
सजग
पद्धति
खोटो
गौरव
सजग
समूह ‘ख’
काम नलाग्ने
कार्यविधि
सचेत, सावधान
इज्जत, प्रतिष्ठा
प्रवल इच्छा वा तीव्र चाहना
काम नलाग्ने
कार्यविधि
सचेत, सावधान
इज्जत, प्रतिष्ठा
प्रवल इच्छा वा तीव्र चाहना
➜ उत्तर:
२. २ दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्
राती आकाशमा ताराहरु चम्किरहेका थिए । वर्षातको मौसम थियो तर पानीको थोपो पनि परेको थिएन । पोहोर साल त बिहान उज्यालो हुँदादेखि नै वर्षात् हुन्थ्यो । अहिले पनि सगरमा कुनै बादल लागेको छैन ।
- (क) ‘आकाश’ को पर्यायवाची शब्द हो ।
- (ख) ‘अँध्यारो’ विपरीतार्थी शब्द हो ।
- (ग) ‘पानी’ को लघुतावाची शब्द हो ।
- (घ) अनेकार्थी शब्द हो ।
३. २ दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्
भाषण गर्दा जनतालाई फुरुक्क पारे पनि हात्ती आयो फुस्सा भनेजस्तो नहोस् । हरेक नेताले आफू भलो त जगत् भलो भने झैँ फटाफट विकास र निर्माणका काममा लाग्नु पर्छ ।
उखान:
फरक वाक्य:
अनुकरणात्मक शब्द:
फरक वाक्य:
४. ३ रेखाङ्कित शब्दका शब्दवर्ग छुट्याउनुहोस्
आहा! कति सुन्दर प्रकृति भन्दै पर्यटकहरु नेपाल घुम्छन् तर हामीले चाहिँ आफ्नै देशको बारेमा बुझेका छैनौँ ।
- कति —
- पर्यटकहरु —
- हामीले —
५. (क) २ दिइएको अनुच्छेद पढी दुईओटा उपसर्ग र दुईओटा प्रत्यय शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्
अरुको कुभलो नचिताउने, नराम्रो नसोच्ने नागरिकहरु हाम्रा असल अभिभावक पनि हुन् । सबै मानिस शिक्षित नभए पनि सुमार्गमा हिँड्नु चाहिँ कर्तव्य नै हो ।
उपसर्ग
१. →
२. →
१. →
२. →
प्रत्यय
१. →
२. →
१. →
२. →
५. (ख) २ समस्त शब्द, विग्रह, द्वित्व पहिचान
दाजु र भाइ सबै मिली गाउँघर बनाऔँ भन्दै केही मानिसहरु सरसल्लाह गर्दै थिए । समाजमा झैझगडा नगरौँ एक अर्कालाई दुःखसुखमा सहयोग गरौँ, घरघरमा शान्ति कायम गरौँ, समाजको सेवा गरौँ भन्दै थिए ।
- समस्त शब्द: → विग्रह:
- विग्रह पदावली: → समस्त:
- द्वित्व शब्दहरू: ,
निर्माण प्रक्रिया:
६. २ कुनै एक प्रश्नको उत्तर दिनुहोस्
(क) सम्भावनार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा मौसमको बारेमा वर्णन गर्नुहोस्।
१.
२.
३.
४.
२.
३.
४.
(ख) दिइएको अनुच्छेदलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
म हिजो बजार जाँदै थिएँ । उसले मेरो कुरा सुन्यो । उनीहरु पनि बजार गएका रहेछन् । त्यहाँ हामी सबैको भेट भयो ।
७. ४ कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्
- (क) पानी पर्यो । बाटो हिलो भयो । (वाक्य संश्लेषण)
- (ख) उसले फूलको माला गाँस्यो । (कर्मवाच्य)
- (ग) बहिनी चाँडै सुतिन् । (प्रेरणार्थक)
- (घ) मोहनले भन्यो, “म विदेश जाँदैछु ।“ (प्रत्यक्ष कथन)
८. ४ दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस्
आज तलब आउने दिन थियो । ऊ बिस गतेदेखि नै तलब आउने दिनलाई व्यग्रतासाथ पर्खिन्थ्यो । ज्यादै ढिला चालले त्यो दिन आइपुग्थ्यो । निश्चय नै यो एउटा दिन चाहिँ सधैं उसलाई नोकरी गर्न पाएकामा गर्व हुन्थ्यो ।
“कसम !, भोलि नुहाउँछु ल ।” बिहानको नुहाउने बहसलाई उसले यसै भनेर टुङ्ग्यायो र टोपी मिलाउँदै अड्डातिर लाग्यो । स्वास्नी हाँस्न थाली । उसलाई पनि आज तलब बाँड्ने दिन हो भन्ने पत्तो थियो ।
“साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी ।” उसले भनी र घरखर्चको हिसाब गर्न कोठातिर पसी ।
ऊ धेरै पढेकी थिइन तैपनि घर चलाउनमा पक्का थिई । त्यो त आफ्नो आम्दानी नै खोटो भएपछि यहाँभन्दा कति घर चलोस् । उसको दोष थियो त यसमा ?
“कसम !, भोलि नुहाउँछु ल ।” बिहानको नुहाउने बहसलाई उसले यसै भनेर टुङ्ग्यायो र टोपी मिलाउँदै अड्डातिर लाग्यो । स्वास्नी हाँस्न थाली । उसलाई पनि आज तलब बाँड्ने दिन हो भन्ने पत्तो थियो ।
“साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी ।” उसले भनी र घरखर्चको हिसाब गर्न कोठातिर पसी ।
ऊ धेरै पढेकी थिइन तैपनि घर चलाउनमा पक्का थिई । त्यो त आफ्नो आम्दानी नै खोटो भएपछि यहाँभन्दा कति घर चलोस् । उसको दोष थियो त यसमा ?
- (क) ‘ऊ धेरै पढेकी थिइन ।’ करणमा बदल्नुहोस् :
- (ख) ‘गतेदेखि’ को कारक र विभक्ति :
- (ग) ‘उसले भनी र घरखर्चको हिसाब गर्न कोठातिर पसी ।’ सरल वाक्य :
- (घ) ‘स्वास्नी हाँस्न थाली ।’ उद्देश्य : , विधेय :
९. ४ कुनै एक प्रश्नको उत्तर दिनुहोस्
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : लक्ष्मीप्रसाद देवकोटा
जन्ममिति : वि. सं. १९६६, कार्तिक २७, लक्ष्मीपूजा
जन्मस्थान : धोबीधारा, काठमाडौं
मातापिता : अमर राज्यलक्ष्मी / तिलमाधव देवकोटा
शिक्षा : दरबार हाईस्कुल, त्रिचन्द्र कलेजबाट बि.ए.
प्रकाशित रचना : पूर्णिमाको जलधि, भिखारी, मुनामदन, कुञ्जिनी, लुनी, महाराणा प्रताप, प्रमिथस, लक्ष्मी निबन्ध सङ्ग्रह आदि ।
विशेषता : महाकवि, आत्मपरक निबन्धकार
निधन : वि.सं. २०१६ भाद्र, काठमाडौं
जन्ममिति : वि. सं. १९६६, कार्तिक २७, लक्ष्मीपूजा
जन्मस्थान : धोबीधारा, काठमाडौं
मातापिता : अमर राज्यलक्ष्मी / तिलमाधव देवकोटा
शिक्षा : दरबार हाईस्कुल, त्रिचन्द्र कलेजबाट बि.ए.
प्रकाशित रचना : पूर्णिमाको जलधि, भिखारी, मुनामदन, कुञ्जिनी, लुनी, महाराणा प्रताप, प्रमिथस, लक्ष्मी निबन्ध सङ्ग्रह आदि ।
विशेषता : महाकवि, आत्मपरक निबन्धकार
निधन : वि.सं. २०१६ भाद्र, काठमाडौं
(ख) नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन :
१०. ३ दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस्
करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ । नेपालमा भदौदेखि असोजसम्म बिउ बेर्ना रोपेर कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ । यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ । पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ । वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ । यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ । यसो हुँदाहुँदै पनि हिजोआज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेकै छ ।
११. ४ संवादको अंश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस्
नर्सरीमा साना तथा कलिला बिरुवाका लागि आवश्यक ताप व्यवस्थापनका लागि सिसा प्रयोग गरी हरितगृह बनाइएको हुन्छ । सूर्यबाट आएका किरण सजिलै निस्किन नसक्ने भएकाले हरितगृहभित्र बाहिरको तापक्रमभन्दा केही बढी न्यानोपन कायम रहन्छ । हाम्रो वायुमण्डलमा मुख्य रूपमा कार्बन डाइअक्साइडको मात्रा बढी हुँदा यसले सिसाको जस्तै गुण देखाउँछ र पृथ्वीको तापक्रम बढ्दै जान्छ । यसैलाई हरितगृह प्रभाव भनिन्छ । यसै कारणले पनि दिनानुदिन पृथ्वीको तापक्रम बढ्दै गइरहेको छ । यसलाई ग्लोबल वार्मिङ भनिन्छ रे ।
- (अ) हरितगृह कसरी निर्माण गरिन्छ ?
- (आ) ग्लोबल वार्मिङ भनेको के हो ?
१२. ४ कुनै एक उद्धरणको व्याख्या गर्नुहोस्
(क) “आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।”
(ख) “हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ ।”
१३. ६ कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस्
(क) कवितांश :
भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली
बकुल्लाका ताँती तरल गतिले आज नभमा
उडे जन्ती जस्तै रसबस बढाएर मनमा ।
दुलाहाको रातो झलल पगरी भो हिमचुली
बकुल्लाका ताँती तरल गतिले आज नभमा
उडे जन्ती जस्तै रसबस बढाएर मनमा ।
प्राकृतिक र सांस्कृतिक वर्णन :
(ख) सत्यमोहन जोशीको योगदान :
सत्यमोहन जोशी नेपाली भाषा, लोक साहित्य, संस्कृतिलगायतका क्षेत्रमा अनवरत् रूपमा योगदान दिने विशिष्ट व्यक्तित्व हुन् । उनको जीवनका महत्त्वपूर्ण योगदानमा प्रज्ञा प्रतिष्ठानबाट गाईजात्रा महोत्सवको प्रवर्धन, कलाकार अरनिकोबारे अन्वेषण, प्राचीन नेपाली मुद्राको खोजी आदि अविस्मरणीय छन् ।
१४. ६ कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस्
- (क) मेरो राष्ट्र : मेरो गौरव
- (ख) नेपालको प्राकृतिक सम्पदा
- (ग) विद्यार्थी जीवनमा अनुशासनको महत्त्व
✧ समाप्त ✧
