Curriculum
- 12 Sections
- 25 Lessons
- 52 Weeks
- १. आमाको सपना कविता4
- २. विरहिणी दमयन्ती कथा3
- ३. घनघस्याको उकालो काट्ता नियात्रा3
- ४. व्यावसायिक पत्र व्यावहारिक लेखन3
- ५. एक चिहान उपन्यास2
- ६. स्टिफन विलियम हकिङ जीवनी3
- ७. हामीलाई बोलाउँछन् हिमचुली कविता2
- ८. मातृत्व कथा1
- ९. गोर्खे कथा1
- १०. नेपाली पहिचान संवाद1
- ११. सहकारी निबन्ध1
- १२. जीवन मार्ग रिपोर्ताजमूलक रचना1
कविता
हामीलाई बोलाउँछन् हिमचुली
हामीलाई बोलाउँछन् हिमचुली राम्रा
उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा ।
उकालीको चिसो पानी अँजुलीले खाउँला
देउरालीको बिसौनीमा सुसेलीले गाउँला
वनभित्र ढुङ्गामाथि गाउलिन् गोठालिनी
गाईलाई बोलाउलिन् लाला, ओदी, निनी !
उनी सोध्लिन् हामीलाई कहाँ जाने दाइ
भन्नुपर्ला हिमालको बुटी खोज्नलाई
डोरेटामा कस्तूरीले तिरिन च्यापी हेर्लान्
पातपातै चरा नाच्ने पातलले घेर्लान् ।
टाकुरामा कुहिराको दौडादौडी होला
लेकदेखि इन्द्रनीले वनवेंसी छोला
भेडा चर्लान् निगालाको टुप्पा हिलाएर
चम्री चर्लान् चमरको झुपा झुलाएर ।
मग मग बुकी फूलको वासनाले ढाक्ला
उत्तरमा झुक्ने धुपी उत्तरैमा डाक्ला
नागियुमा उक्लियौंला नेटो काटी आफैं
जहाँबाट प्वाँख खोल्छ नउरङ्गे डाँफे ।
हाम्रो होला राती राती ओडारमा वास
जहाँबाट फुटी आउँछ कस्तूरीको वास
भेट हुने छैनन् अव मान्छे कोही पनि
खालि वज्ला पहरामा छहराको ध्वनि ।
छङ्गाछुर भिरैभिर तलतिर होला
हावा आफैँ हराएर खगरमा होला
हामी खाउँला सामलतुमल झारझुर पारी
एकै बाजि फर्की हेरी जाउँला माया मारी ।
हिउ बगी बगी हाम्रो बाटो रोकिदेला
विष लागी लागी सारा सास रोकिदेला
अघि बढौँ पाइलैपिच्छे मुटु हाम्रो हान्छ
पछि फकूँ यतिन्जेलको दुःखै खेर जान्छ ।
कल्ले आई हेर्छ हिउँमा पाइलाको छाप
के हिँडेछौँ नगरेर आफ्नो नापजाप
जो उठायौँ पाइला यो सो उठाइहाल्यौं
ज्यान जोखिमको वाजी थाप्नु थापिहाल्यौं ।
मर्नैपर्छ भने पनि पर पुगी मरौं ।
नझुक्ने यो हिमालमा किन झुकी मरौं
जति चढ्यो उति बाँकी हिमचुली शिखर
नदेखेको कुरा हेर्ने हामीलाई रहर ।
