कवि गोपाल प्रसाद रिमालको परिचय

नाम : गोपालप्रसाद रिमाल
जन्ममिति : वि. स. १९७५ जेठ १८ गते,
जन्मस्थान : लगनटोल, काठमाडौँ
मातापिताः माता आदित्यकुमारी रिमाल र पिता उमाकान्त रिमाल
मृत्यु : वि. सं. २०३० साल कार्तिक ८ गते, काठमाडौं ।
शिक्षा : वि. सं. १९९० सालको प्रवेशिका परीक्षामा बोर्ड प्रथम, प्रमाणपत्र तहसम्मको अध्ययन गरेका हुन् ।
साहित्य यात्रा : वि. सं. १९१२ सालमा शारदा पत्रिकामा पहिलो कविता प्रति प्रकाशन गरी साहित्ययात्रा शुरुआत गरेका हुन्।
आमाको सपना कविता वि. सं. २००० सालमा प्रकाशन,
प्रमुख कृतिहरुः १. आमाको सपना ( कविता सङ्ग्रह, २०११)
२. मसान ( नाटक, वि. सं. २००३)
३. यो प्रेम ( नाटक, लेखन : वि. सं. २००२, प्रकाशनः वि. सं. २०१५ )
चर्चित गीत : रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो.
प्रमुख पुरस्कार, मान, सम्मान : वि. सं. २०१८ को मदन पुरस्कार, आमाको सपना कविता सङ्ग्रहको लागि, नेपाल सरकारले उनको चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सम्मान ।
गोपालप्रसाद रिमालका काव्यगत प्रवृत्तिहरु :
१. स्वच्छन्दतावादी प्रगतिवादी धाराका सशक्त व्यङ्ग्य विद्रोही एवं क्रान्तिकारी कवि,
२. गद्य कविता का प्रवर्तक उनका गद्य कवितामा मात्रिक छन्दमा पाइने साङगीतिक रम्यता र गीतिपनको उपस्थिति पाइनु,
३. सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विकृति विसङ्गति, शोषण, दमन, अन्याय, अत्याचार एवं निरङ्कुशताको अन्त्य गरी स्वस्थ समाजको निर्माणका लागि क्रान्तिको आह्वान गर्दै कवितामा क्रान्तिचेतलाई प्रतीकात्मक रुपमा अभिव्यक्ति दिनु,
४. प्रतीकवादी कवि रिमालले प्रकृतिका अनेक बिम्बहरु र प्रेम, दाम्पत्य तथा वात्सल्यका अनेक प्रतीकका माध्यमबाट क्रान्तिको गीत गाउनु,
५. उनका कवितामा स्वच्छन्दतावादी भाव, प्रगतिवादी चिन्तन, नवीन गद्य शैली, क्रान्तिकारी विचार, व्यङ्ग्य विद्रोह, स्वतन्त्रता, समानता, जातीय स्वाभिमान, राष्ट्रियता, मौलिकता, सामाजिक सचेतना, प्रगतिवादी मानवतावादी विचार, नारीप्रति सहानुभूति एवं समर्थन, गद्यलयात्मकता, सरल, सरस, सहज शब्दचयन एवं अर्थगत सामञ्जस्यता आदि ।
