सन्दुक रुइत जीवनी पाठ पढ्नुहोस् ।
पाठ १७ सन्दुक रुइत
विश्वको मानचित्र पल्टाएर हेर्ने हो भने नेपाल भौगोलिक हिसाबले सानो देखिन्छ तर यहाँको कला, साहित्य र संस्कृति विशिष्ट छ । बाह्रै महिना हिउँ पर्ने उच्च हिमशृङ्खला, पहाड, तराई, मधेस र उपत्यका भूपरिवेष्टित देश नेपालका आफ्ना विशिष्टता हुन् । यही विशिष्टता बोकेको नेपाली माटामा समय समयमा महान् व्यक्ति जन्मेका छन् । तिनले नेपाल र नेपालीको गौरवलाई विश्वसामु चिनाएका छन् । तीमध्ये सन्दुक रुइत एक हुन् । उनको जन्म वि.सं. २०११ भदौ १९ गतेका दिन ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा भएको थियो । पिता सोनाम रुइत र माता केसाङ रुइतबाट जन्मिएका सन्दुक रुइतको नाम बौद्ध परम्पराअनुसार लामाले राखिदिएका थिए । सन्दुकको अर्थ आकाशमा गड्याङगुडुङ गराउने सर्प हो, जसले धर्तीमा पानी पार्छ र पृथ्वीलाई हराभरा बनाउँछ । रुइत उनको थर हो ।का पुर्खा पाँचछ सय वर्षअगि तिब्बतको रुतोक क्षेत्रबाट नेपालमा बसाइँ सरेका थिए । त्यही आधारमा उनको थर रुइत भएको हो । ताप्लेजुङ जिल्लाको सदरमुकामदेखि कम्तीमा चार दिन हिँडेपछि बल्ल पुगिने दुर्गम गाउँमा जन्मिएका सन्दुक रुइत आँखाका प्रख्यात डाक्टर हुन् । उनी विश्व विख्यात सरल र कम लागतमा मोतीविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ता हुन् । यही चिकित्सा पद्धति अहिले नेपाली प्रविधिका रूपमा विश्वभर चर्चित छ । त्यति मात्र नभएर पछिल्लो समयमा अन्तरिक्षमा पत्ता लागेको उल्काको नामसमेत उनकै नामबाट नामकरण गरिएको छ । अहिले उनी धर्तीदेखि आकाशसम्म चर्चाको शिखरमा छन् ।
ओलाङचुङगोलाको सुन्दर प्रकृतिको काखमा उनको बाल्यकाल बित्यो । चीनसँग सिमाना जोडिएको ओलाङचुङगोला तमोर नदीको सिरानमा पर्छ तर迫को घर भने अलि खोचमा थियो । त्यही होचो ठाउँबाट उनी प्रत्येक बिहान डाँडापाखामा रातै फुलेका गुराँसका फूल हेरेर मुग्ध हुन्थे र सेताम्मे देखिने हिमाल हेरेर रमाउँथे । उनको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो ।
दुर्गम भूगोल र अविकसित क्षेत्र भए पनि रुइत मध्यम वर्गीय व्यापारिक घरानामा जन्मिएका थिए । गुम्बामा सामान्य लेखपढ गरेका बुबा सोनाम ओलाङचुङगोलाका स्थानीय व्यापारी थिए ।का बुबा सोनाम नेपाल तिब्बतबिच नुन, चामल, उन र खाद्यान्न व्यापार गर्थे । पिता सोनाम आफ्ना सन्तान शिक्षित भएको हेर्न चाहन्थे तर नजिकमा कहीँ कतै विद्यालय थिएनन् तापनि छोरालाई पढाउने सोनामको सपनालाई दुर्गम भूगोलले छेक्न सकेन ।ले आफ्नो सात वर्षको छोरा सन्दुकलाई दार्जिलिङ लगेर भए पनि पढाउने निधो गरे । शिक्षाप्रति राम्रो सुझबुझ भएका सोनामले छोरा सन्दुकलाई पढाउन भनेर भारतको दार्जिलिङ पढाउने सुर कसे । ओलाङचुङगोलाबाट दार्जिलिङ पुग्न १५ दिनको पैदल यात्रा पार गर्नुपर्थ्यो ।की आमा आफ्नो सानो छोरालाई त्यति टाढा बिरानो ठाउँमा पठाउन चाहन्नथिन् । सन्दुक पनि आफ्नी आमाको न्यानो काखमा रमाएर बाल्यकाल बिताउन चाहन्थे तर बुबाको योजना अगाडि आमाछोराको केही लागेन । हिँड्ने वेला सन्दुककी आमा खुब रोइन् । सन्दुक पनि आमाको पाद्धेन समातेर घुँक्कघुँक्क गरिरहे तर पनि आमाको स्नेह र ममताले भरिएको साथ छाडेर बुबाको हातको औंलो समाती उनी विद्यालय जान तयार भए । अहिले जस्तो ठाउँ ठाउँमा त्यो वेला होटल थिएनन्, गाडी पनि थिएनन् । पैदल हिँड्दै र ओडारमा बास बस्दै १५ दिनपछि उनी दार्जिलिङ पुगे ।
बाल्यकालमा सन्दुक निकै चञ्चले स्वभावका थिए तर त्यहाँको बसाइले उनको जीवन सङ्घर्षशील बन्न पुग्यो । उनी जन्मेदेखि कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । त्यसैले घरबाट धेरै टाढा आफन्त कोही नभएका ठाउँमा बस्नुपर्दा उनलाई निकै नरमाइलो लाग्यो ।ले अनेक पीडा र अभावको सामना पनि गर्नुपर्यो । त्यहाँ बस्दा संसारमा आफू एक्लो भएको र आफन्तजति सबै सकिएका हुन् कि जस्तो महसुस गरे । वर्षमा दुईपल्ट १५/१५ दिनका लागि विद्यालयमा बिदा त हुन्थ्यो तर घरमा आउन १५/१६ दिन लाग्ने हुनाले चारपाँच वर्षसम्म उनको घर परिवारसँग सम्पर्क हुन सकेन । अहिले जस्तो सञ्चारको सुविधा पनि त्यो समयमा थिएन । वर्ष दिनमा एकपल्ट उनलाई भेट्न पुग्ने बुबासँगै आमाले पठाइदिएका कोसेली पातको पोकामा सायद उनी आफ्नी आमाको अनुहार देख्थे । बुबालाई भेट्न पाउँदा उनको खुसीको कुनै सीमा हुँदैनथ्यो । जसरी भए पनि अनेक समस्या झेल्दै उनी दार्जिलिङको सेन्ट रोवर्टस स्कुलमा पढ्दै थिए । यसै वेला चीन र भारतबिच सीमा युद्ध भयो । युद्धसँगै त्यहाँका सबै विद्यालय बन्द भए अनि सन्दुक रुइत पनि नेपाल फर्के ।
सन्दुक अध्ययनशील तथा जिज्ञासु प्रवृत्तिका बालक थिए । त्यसैले उनका बुबाले काठमाडौँ ल्याए र सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरिदिए । यसै वेला सन्दुककी बहिनीको उपचार नपाएर क्षयरोगका कारण दुःखद निधन भयो । आफूभन्दा एक वर्ष मात्र कम उमेरकी बहिनीको निधनले उनलाई निकै भावुक बनायो । बहिनी याला सिकिस्त बिरामी हुँदा उनलाई बारम्बार दाइ तपाईं राम्रो पढेर केही बन्नुपर्छ र त्यो खुबी तपाईंसँग छ भनी भन्ने गर्थिन् । बहिनीको दुःखद निधनपछि उनले अब म मेरी बहिनी जस्ता नेपाल आमाका लाखौँ बिरामीका लागि चिकित्सा शिक्षा पढेर केही गर्छु भनी सिद्धार्थ वनस्थली स्कुलबाटै वि.सं. २०२५ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी त्रिचन्द्र कलेजबाट आइएस्सी पूरा गरे । पारिवारिक सदस्यको बिछोडले उनको जीवनमा पीडामाथि पीडा थपिदियो तर पनि साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिइरहे ।
डाक्टर बन्ने सपना बोकेका रुइतले वि.सं. २०२९ मा एमबिबिएस पढ्न भारतको लखनउस्थित किङ्ग जर्जेज मेडिकल कलेजमा छात्रवृत्ति पाए । त्यहाँबाट एमबिबिएस पास गरेपछि उनको डाक्टर बन्ने सपना पूरा भयो । उनी नेपाल फर्केर वीर अस्पतालमा मेडिकल अफिसरका रूपमा तीन वर्ष काम गरे । यसै समयमा उनको सङ्गत रामप्रसाद पोखेल र नवीनचन्द्र राई जस्ता आँखाका डाक्टरसँग भयो । उनीहरूकै मातहतमा बसेर काम गर्ने सिलसिलामा नेपालगन्जमा भएको आँखा शिविरमा डाक्टर राईसँगै रुइत पनि गए । आँखा शिविरमा उपचार गर्ने क्रममा उनले एकै परिवारका पाँचछ जना बच्चा आँखा देख्न नसक्ने भएर शिविरमा उपचारका लागि आएको पनि देखे । आँखाका बिरामीका यो भयावह अवस्था देखेर उनी दुःखी भए ।का ध्यान आँखा रोगीतर्फ आकृष्ट भयो । त्यही समयमा केही घण्टाको अपरेसनपछि आँखा रोगीले संसार देख्न पाए । बालबालिकामा एकसाथ फर्किएको आँखाको ज्योति अनि त्यसले उनीहरूका अभिभावकलाई दिएको खुसी उनले नजिकबाट हेर्ने मौका पाए । मानिसलाई खुसी पार्ने र छोटो समयमै उनीहरूको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो भन्ने उनलाई लाग्यो । त्यही दिन डाक्टर सन्दुकले आँखाको उपचारमा लाग्ने अठोट गरे । एकै घरका पाँचछ जना बालबालिकाले संसार देखेको खुसीको त्यो क्षणले रुइतको जीवनमा नयाँ मोड ल्याइदियो ।
रुइत ‘मेडिकल अफिसर’ त छँदै थिए तर उनी आँखाको उपचारसम्बन्धी विशेष ज्ञान हासिल गर्न चाहन्थे । त्यसै वेला उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स कलेजमा छात्रवृत्ति पाए र एम.डी. पढ्न थाले । तीन वर्ष पढेपछि उनी वि.सं. २०४१ मा नेपाल फर्किए र त्रिपुरेश्वरमा आँखा अस्पतालमा जागिरे भए ।ले त्यस अस्पतालमा आठ वर्षसम्म काम गरे । यसै समयमा विश्व स्वास्थ्य सङ्गठनका तर्फबाट अस्ट्रेलियाली नेत्र चिकित्सक फ्रेड हलोज परामर्शदाताका रूपमा छनोट भई नेपाल आएका थिए । उनी नेपाल आउँदा रुइत आँखा रोगीको उपचारमा व्यस्त थिए । त्यसै वेला रुइतको परिश्रमी स्वभाव देखेर उनी निकै प्रभावित भए । डा. फ्रेड हलोजले रुइतलाई वि.सं. २०४३ मा आँखा उपचारमा थप विशेषज्ञता हासिल गर्न अस्ट्रेलिया आमन्त्रण गरे । यस्तो स्वर्णिम अवसरलाई उपयोग गर्दै उनी अस्ट्रेलिया पुगे । अस्ट्रेलिया रहँदा उनले आँखाको शल्यक्रियाका क्षेत्रमा विशेष दक्षता हासिल गरे । नेपालमा पनि आँखा उपचारलाई सहज र सर्वसुलभ बनाउन सहयोग जुटाउने उद्देश्यले नेपाल आँखा कार्यक्रम, अस्ट्रेलियाको स्थापना गरेपछि यो संस्था फ्रेड हलोज फाउन्डेसनका रूपमा रूपान्तरण भयो ।का विशिष्ट प्रतिभा देखेर अस्ट्रेलियन सरकारले उनलाई त्यहीँ बस्ने प्रस्ताव गर्यो । उनी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचेर स्वदेश फर्किए र पुनः त्रिपुरेश्वर आँखा अस्पतालमा रहेर काम गर्न थाले ।
सन्दुक रुइतले वि.सं. २०४३ मा नन्दा श्रेष्ठसँग अन्तरजातीय विवाह गरे ।का एक छोरा र दुई छोरी गरी तीन सन्तान छन् । वैवाहिक जीवनपछि उनले गाउँ गाउँमा डुलेर आँखाको उपचारलाई तीव्रता दिए । सुरुमा आँखाको डाक्टर भइसकेपछि दृष्टिविहीन हुनाको मुख्य कारण मोतीविन्दु भएकाले यसको शल्यक्रियामा उनी सक्रिय भए । शल्यक्रिया गर्ने पद्धति पुरानै थियो । जुन प्रविधिबाट मोतीविन्दुको उपचार गरिन्थ्यो त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो । आँखामा लेन्स राख्ने पद्धति निकै महँगो थियो । बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो सिसा भएको चस्मा लगाउनुपर्थ्यो । रुइत एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । त्यसैले समूह बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे ।ले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो साबित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्मा नेपाली प्रविधि अर्थात् रुइतेक्टोमीको रूपमा विश्वभरि चर्चित छ ।
रुइतले पहिलेदेखि नै नेपालमा एउटा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको सपना देखेका थिए ।का सपनालाई साकार पार्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका वरिष्ठ समाजसेवी, कलाकार, उद्यमी तथा साहित्यकार लगायतले साथ दिए । सबैको सामूहिक प्रयासबाट वि.सं. २०५१ मा तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो जुन केन्द्र अहिले उत्कृष्ट अन्तर्राष्ट्रिय आँखा उपचार तथा मानव संसाधन तालिम केन्द्र बनेको छ ।ले नेपालमा रहँदा मात्र होइन अस्ट्रेलियामा हुँदासमेत आँखाको रोगसम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गरे ।ले लामो समयको खोज र अनुसन्धानपछि आधुनिक मोतिविन्दुको प्रभावकारी सरलीकरण र न्यून मूल्यको विश्व स्तरीय ‘इन्ट्राओकुलर लेन्स’ बनाए ।ले पत्ता लगाएको नयाँ, सुलभ पद्धतिअनुसार शल्यक्रियामा ‘इन्ट्राओ कुलर लेन्स’ बिरामीको आँखामा लगाइन्छ र बिरामी आफ्नै आँखाबाट संसार देख्छन् । यो विश्वस्तरीय लेन्स नेपालमा न्यून मूल्यमा उत्पादन भएपछि आधुनिक मोतिविन्दुको शल्यक्रियाको दायरा एवम् उपचार पद्धति विश्वभरका करोडौँ सीमान्तकृत व्यक्तिको पहुँचमा पुग्न सफल भयो ।
सन्दुक रुइतले आफ्नो उपचार पद्धतिबाट लाखौँ मानिसको सफल शल्यक्रिया गरिसकेका छन् । यसबाट दृष्टि प्राप्त गर्ने विश्वभरका मानिसले उनलाई ‘दृष्टिका देवता’ मानेका छन् । नेपालको नवीन प्रविधि ‘रुइतेक्टोमी’ का रूपमा यो उपचार पद्धति एसिया, दक्षिण अमेरिका, अफ्रिकालगायत विभिन्न देशमा प्रयोगमा छ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ ।ले मोतीविन्दुको शल्यक्रिया भिडियो मार्फत र सम्भव भएसम्म आफैँ उपस्थित भएर संसारभरिका डाक्टरलाई सिकाउँदै आएका छन् । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रका रूपमा प्रसारण गरेको थियो ।ले पुऱ्याएको योगदानस्वरूप तिलगङ्गा आँखा उपचार केन्द्र अहिले तिलगङ्गा आँखा प्रतिष्ठानका रूपमा स्थापित छ । यसमार्फत उनले पुऱ्याएको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै विश्वका प्रसिद्ध समाचार माध्यमले यसको प्रचारप्रसार गरेका छन् ।
मोतीविन्दु, दृष्टिदोष, मधुमेह, बालदृष्टिविहीनता, जलविन्दु, उच्च रक्तचाप र चोटपटकका कारण आँखाको दृष्टिशक्ति हराउँछ र मानिसकमा दृष्टिविहीनता देखापर्छ । आँखाको दृष्टिशक्तिलाई बचाइराख्न खानपान र आहारविहारमा एवम् जीवनशैलीमा ध्यान दिनुपर्छ । हरियो सागसब्जी, फलफूल, गेडागुडी, दुध आदि खाद्यपदार्थले आँखालाई फाइदा गर्छन् । चुरोट र रक्सीले हाम्रो आँखालाई हानि पुऱ्याउँछ । नयाँ प्रविधिको अत्यधिक प्रयोगबाट आँखामा सुख्खापन र मानसिक दबाब पर्न सक्छ । तिलगङ्गा आँखा प्रतिष्ठान विश्व स्वास्थ्य सङ्गठनका सहयोगी केन्द्रका रूपमा स्थापित छ ।ले यसलाई भविष्यमा आँखाको विश्वविद्यालयका रूपमा रूपान्तरण गर्ने सपना बुनेका छन् ।का नेतृत्वमा रहेको तिलगङ्गाको समूहले नेपालका अन्य अस्पताल तथा देश विदेशमा समेत घुम्ती शिविर सञ्चालन गरेर पनि सेवा दिइरहेको छ । हाल नेपालले गर्वका साथ आँखाको लेन्स र आँखाको नानीमा आत्मनिर्भर भई विश्वभर नेपालको प्रतिष्ठा बढाइरहेको छ । आगामी दिनमा उनी अन्य देशमा पनि तिलगङ्गा जस्तै आँखा अस्पताल र अनुसन्धान शाखा खोल्ने योजनामा छन् ।
तिलगङ्गा आँखा अस्पतालको स्थापना हुनुभन्दा पहिले नेपालमा कुल जनसङ्ख्याको करिब ०.८ प्रतिशत मानिसमा दृष्टिविहीनताको समस्या थियो भने अहिले ०.३५ प्रतिशतमा झरेको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र अन्य अन्धोपन निवारण कार्यमा लागेका संस्थाको संयुक्त प्रयासले नेपालले आँखा उपचारको पहुँच ठाउँ ठाउँमा पुऱ्याएको छ भने आँखा स्वस्थ राख्न जनचेतना फैलाउने काम पनि गरेको छ । जति वेला रुइत र उनको टोलीले नयाँ प्रविधिको आविष्कार गरेर उपचार थालेको थियो त्यति वेला कतिपयले यिनीहरूको माथा सट्केछ पनि भने ।का नजिकका साथीले पनि निकै आलोचना गरे तर पनि स्वदेशी तथा विदेशी डाक्टरको सिर्जनशील दिमाग र हातका कारण रुइत सफल हुँदै गए । यस कार्यमा रुइतकी पत्नी नन्दा रुइतको पनि उत्तिकै योगदान छ । यी सबैको साथ र सहयोग पाएर नै रुइत विश्वका चर्चित र सफल डाक्टर बनेका हुन् ।
नेपालको एउटा दुर्गम ठाउँमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन् ।का जीवनीमा आधारित भएर धेरै वृत्तचित्र बनेका छन् । वि.सं. २०६८ मा इटालियन निर्देशक स्टिफानो लेभीले ‘アウト・オブ・ダークネス’ नामक वृत्तचित्र रुइतको जीवनीका आधारमा बनाएका थिए ।का सम्मानमा न्युयोर्क टाइम्सले “पाँच मिनेटमै आँखा नदेख्नेलाई आँखा देखाउने डाक्टर” भनेर लेखेको थियो ।लाई अस्ट्रेलियन सरकारले ‘अर्डर अफ अस्ट्रेलिया’ कदरले सम्मान गरेको छ भने उनले वि.सं. २०६३ मा एसियाको नोबेल पुरस्कार भनिने विश्व प्रसिद्ध रोमन म्यागासेसे पुरस्कार पाएका छन् । अहिले उनको नेतृत्वमा तिलगङ्गा आँखा प्रतिष्ठानले बनाएका लाखौँलाख लेन्स विदेशमा निर्यात भइरहेका छन् । नेपाल सरकारले पनि उनको योगदानको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०६९ मा उज्ज्वल कीर्तिमय ‘राष्ट्रदीप’ पदकले विभूषित गरेको छ । आँखाको ज्योति गुमाएका संसारभरका मानव जातिका लागि अत्यन्त सस्तो र सुलभ रूपमा सेवा पुऱ्याउने प्रविधिका जनक महान् व्यक्तित्व सन्दुक रुइतको जीवनी पुस्तक अङ्ग्रेजी भाषामा पनि प्रकाशित भइसकेको छ । यसलाई अस्ट्रेलियन प्रकाशन गृह ‘एलेन एन्ड अनविन’ ले प्रकाशन गरेको थियो । यस्ता महान् व्यक्तित्व सन्दुक रुइतले उच्च सम्मानस्वरूप सन् २०२३ मा १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपियाँ बराबरको विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको इसा अवार्ड प्राप्त गरेका छन् ।लाई अन्धोपन न्यूनीकरण गरी मानव कल्याणमा गरेको योगदानस्वरूप यो पुरस्कार प्रदान गरिएको हो ।
सादा जीवन, उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत सावित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
शब्दार्थ:
मानचित्र : नक्सा, पृथ्वीका सम्पूर्ण महादेश तथा महासागरको चित्र
हिमशृङ्खला : | हिमालय पवर्तका पङ्क्ति, | हिमालयका श्रेणी
भूपरिवेष्टित : चारैतिर अरू देशको भूभागबाट घेरिएको वा समुद्री मार्ग नभएको
मोतीविन्दु : आँखाको नानीमा जालो पर्ने एक रोग, मोतियाविन्दु
रुइतेक्टोमी : सन्दुक रुइतले पत्ता लगाएको आँखाको उपचारसम्बन्धी विशेष प्रविधि
अन्तरिक्ष : पृथ्वीको वा अन्य ग्रहको वा नक्षत्रको गुरुत्वाकर्षण शक्तिभन्दा बाहिरको क्षेत्र
खोच : दुई पहाडका बिचको गहिरो र साँघुरो ठाउँ
ओडार : पहाडको पाखा भित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपो आकारको खाली ठाउँ, गुफा
सङ्घर्षशील : सङ्घर्षमा लागेको, सङ्घर्षमै जीवन विताएको, सङ्घर्षे सङ्घर्षले भरिएको
क्षयरोग : फोक्सोमा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग, टी.बी., सुकेनाश
प्रवेशिका : उच्च शिक्षा प्रवेश गर्नुभन्दा पहिले लिइने उच्च माध्यमिक तहको परीक्षा, एस.एल.सी., म्याट्रिक
शिविर : कुनै काम सम्पन्न गर्नका लागि अस्थायी रूपमा पाल टाँगेर बनाइएको बस्ने ठाउँ
इन्ट्राओकुलर लेन्स : मोतीविन्दुका कारण काम नलाग्ने भएको प्राकृत लेन्सको ठाउँमा प्रत्यारोपण गरिने कृत्रिम लेन्स
दृढ : अचल, अडिग, बलियो, दरो
