लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते भएको थियो । लक्ष्मी पूजाका दिन जन्मेका देवकोटाको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीका वरद पुत्र बने । देवकोटाले आफ्ना निबन्धमा आफू शान्त, सुशील, आज्ञाकारी र सन्तोषी स्वभावको रहेको कुरा व्यक्त गरेका छन् । युवा अवस्थामा देवकोटा बाल्यकालका झै दयालु, उदार र अति शिष्ट व्यक्तिका रूपमा चिनिन्थे । दीनदुःखी मानिसलाई भेटे भने सर्वस्व दिनसमेत पछि नपर्ने उनको हृदय अत्यन्तै कोमल थियो । उनी वि.सं. १९७७ मा दरबार हाइस्कुलमा पञ्चम श्रेणीमा भर्ना भए । त्यहाँ अङ्ग्रेजी भाषाप्रतिको चासो र व्यङ्ग्य समेटी उनले ‘हाइहाइ अङ्ग्रेजी’ निबन्ध लेखेका थिए ।
दरबार हाइस्कुल पढ्दा साथीहरूकै अगाडि १५ मिनेटमा ‘दरबार स्कुल’ शीर्षकको कविता रचना गरी सुनाए । देवकोटाले १० वर्षको उमेरमा नै कवितायात्राको थालनी गरेका कुरा समालोचकले स्विकारेका छन् । उनका रचनामा आफन्तको मृत्युबाट सिर्जित वेदनाका साथै प्रकृतिको स्वच्छन्द र भावमय वर्णन पाइन्छ । उनका ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’ ‘प्रमिथस’ आदि प्रसिद्ध महाकाव्य हुन् । ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘लुनी’ जस्ता दर्जनौँ खण्डकाव्य लेखे । ‘यात्री’, ‘पागल’ र ‘प्रभुजी मलाई भँडो बनाऊ’ जस्ता सयौँ कविता लेखे । उनले लेखेका सारै गहकिला निबन्ध ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ ‘दाडिमको रुखनेर’ मा सङ्कलित छन् । उनको एउटा ‘सावित्री सत्यवान्’ भन्ने नाटक र ‘चम्पा’ उपन्याससमेत प्रकाशित छ ।
देवकोटाले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । अरू कविको नजरबाट ओझेल परेको झ्याउरे छन्द अर्थात् लोकभाकालाई ‘मुनामदन’ मार्फत् देवकोटाले नै शिखरमा पुऱ्याएका थिए । आफ्नो जीवन अवधिमा उनले कविताका क्षेत्रमा ७०० जति फुटकर कविताका साथै आधा दर्जन महाकाव्य रचना गरे । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा र निबन्धहरू रचना गरेका छन् ।
उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । ‘युगवाणी’ पत्रिकामार्फत निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रीमण्डलमा शिक्षामन्त्री बने । पदको शिखरमा पुग्दा होस् वा पदमा नरहँदा होस् कविता, गीत, निबन्ध, नाटक, उपन्यासलगायत थुप्रै रचनाका फूल उनको सिर्जनाको बारीमा निरन्तर फुलिरहे ।
देवकोटाको साहित्य सिर्जना यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःखसागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै ‘भिखारी’ कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे । त्यस्तै ‘जरुर साथी म पागल’ भन्ने ‘पागल’ कविताका देवकोटा ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कवितामा विद्रोही कविका रूपमा देखिन्छन् । खहरे झै गडगडाएर स्वच्छन्द बगेका ‘शाकुन्तल’ का देवकोटा; प्रेम, मानवता र उदारता प्रकट गर्ने ‘मुनामदन’ का देवकोटाको भव्य र उदात्त रूप नेपाली साहित्यमा परिचित छ ।
दोस्रो उत्तर :
लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुऱ्याएको योगदानको समीक्षा गर्नुहोस् ।
उत्तर : नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते भएको थियो । लक्ष्मीपूजाका दिन जन्मेका देवकोटाको नाम लक्ष्मीप्रसाद राखिए पनि उनी सरस्वतीका वरद पुत्र बने । देवकोटाले आफ्ना निवन्धमा आफू शान्त, सुशील, आज्ञाकारी र सन्तोषी स्वभावको रहेको कुरा व्यक्त गरेका छन् । युवा अवस्थामा देवकोटा बाल्यकालका झैँ दयालु, उदार र अति शिष्ट व्यक्तिका रूपमा चिनिन्थे । दीनदुःखी मानिसलाई भेटे भने सर्वस्व दिनसमेत पछि नपर्ने उनको हृदय अत्यन्तै कोमल थियो । उनी वि.सं. १९७७ मा दरबार हाइस्कुलमा पञ्चम श्रेणीमा भर्ना भए । त्यही अङ्ग्रेजी भाषाप्रतिको चासो र व्यङ्ग्य समेटी पछि उनले ‘हाइहाइ अङ्ग्रेजी’ निबन्ध लेखेका थिए ।
दरवार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै वेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिन्थे । उनले साथीहरूकै अगाडि १५ मिनेटमा ‘दरबार स्कुल’ शीर्षकको कविता रचना गरी सुनाए । देवकोटाले १० वर्षको उमेरमा नै कवितायात्राको थालनी गरेका कुरा समालोचकले स्विकारेका छन् । वि.सं. १९८२ मा उनले म्याट्रिकुलेसन परीक्षा र वि.सं. १९८७ मा बिए उत्तीर्ण गरे । देवकोटाले जीवनमा पारिवारिक वियोगका समय लेखेका रचनामा आफन्तको मृत्युबाट सिर्जित वेदनाका साथै प्रकृतिको स्वच्छन्द र भावमय वर्णन पाइन्छ । उनका ‘शाकुन्तल’, ‘सुलोचना’, ‘महाराणा प्रताप’ ‘प्रमिथस’ आदि प्रसिद्ध महाकाव्य हुन् । उनले ‘मुनामदन’, ‘कुञ्जिनी’ र ‘लुनी’ जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले ‘यात्री’, ‘पागल’ र ‘प्रभुजी मलाई भेडो बनाऊ’ जस्ता सयौँ कविता लेखे । उनले लेखेका सारै गहकिला निबन्ध ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ ‘दाडिमको रुखनेर’ मा सङ्कलित छन् । उनको एउटा ‘सावित्री सत्यवान्’ भन्ने नाटक र ‘चम्पा’ उपन्याससमेत प्रकाशित छ ।
देवकोटाले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । अरू कविको नजरबाट ओझेल परेको झ्याउरे छन्द अर्थात् लोकभाकालाई ‘मुनामदन’ मार्फत् देवकोटाले नै शिखरमा पुऱ्याएका थिए । आफ्नो जीवन अवधिमा उनले कविताका क्षेत्रमा ७०० जति फुटकर कविताका साथै आधा दर्जन महाकाव्य रचना गरे । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा र निबन्धहरू रचना गरेका छन् ।
देवकोटाले विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । ‘युगवाणी’ पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रीमण्डलमा शिक्षामन्त्री बने । पदको शिखरमा पुग्दा होस् वा पदमा नरहँदा होस् कविता, गीत, निबन्ध, नाटक, उपन्यासलगायत थुप्रै रचनाका फूल उनको सिर्जनाको बारीमा निरन्तर फुलिरहे ।
देवकोटाको साहित्य सिर्जना यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःखसागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै ‘भिखारी’ कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे । त्यस्तै ‘जरुर साथी म पागल’ भन्ने ‘पागल’ कविताका देवकोटा ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कवितामा विद्रोही कविका रूपमा देखिन्छन् । खहरे झै गडगडाएर स्वच्छन्द बगेका ‘शाकुन्तल’ का देवकोटा, प्रेम, मानवता र उदारता प्रकट गर्ने ‘मुनामदन’ का देवकोटाको भव्य र उदात्त रूप नेपाली साहित्यमा परिचित छ ।
