अभ्यास
प्रश्न: घरपझोङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्युत्तर लेख्नुहोस् ।
श्री शीतोष्ण बागवानी केन्द्र,
थाहा नगरपालिका–४,
मकवानपुर, बागमती प्रदेश ।
पत्र सं.
च. न.
मिति : २०८०/०१/१०
विषय : बिउबिजन उपलब्ध गराउने सम्बन्धमा ।
महोदय,
उपर्युक्त सम्बन्धमा त्यस केन्द्रबाट मिति २०८०/०५/२० मा यस केन्द्रलाई पठाइएको पत्र प्राप्त भयो। उक्त पत्रमा हिमाली क्षेत्रका कृषकहरूका लागि उपयुक्त विभिन्न फलफूल तथा तरकारीका बिउबिजन उपलब्ध गराइदिनुहुन गरिएको अनुरोधप्रति हाम्रो ध्यानाकर्षण भएको छ।
यस केन्द्रले पनि लामो समयदेखि हिमाली क्षेत्रका कृषकहरूलाई आवश्यक पर्ने कृषि सामग्री तथा उन्नत जातका बिउबिजन उपलब्ध गराउँदै आएको व्यहोरा अवगत गराउन चाहन्छौँ। त्यस केन्द्रको मागअनुसार देहायबमोजिमका बिउबिजन उपलब्ध गराउन सकिने जानकारी गराउँदछौँ।
मार्फा रायोको बिउ – १ केजी
स्थानीय लसुनको बिउ – १० केजी
स्थानीय धनियाँको बिउ – ३ केजी
बन्दाको बिउ – ७ केजी
काउलीको बिउ – ५ केजी
ब्रोकाउलीको बिउ – ६ केजी
सिमीको बिउ – ८ केजी।
उल्लिखित बिउबिजनको मूल्यसूची यसै पत्रसाथ संलग्न गरिएको छ। बिउबिजनको ढुवानीका लागि मुस्ताङ ट्रान्सपोर्टमार्फत पठाउने व्यवस्था मिलाइनेछ। साथै, बिउबिजनको बिल भुक्तानीका लागि यस केन्द्रको बैंक खातासम्बन्धी विवरण पनि उपलब्ध गराइएको छ।
अतः आवश्यक बिउबिजन समयमै प्राप्त गरी त्यस क्षेत्रका कृषकहरूलाई वितरण गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ। आगामी दिनमा पनि दुवै केन्द्रबीच आपसी समन्वय र सहकार्य कायम रहने अपेक्षा गर्दछौँ।
धन्यवाद!
भवदीय,
(प्रेमबहादुर थापा)
निर्देशक
खामको नमुना
| प्रेषक प्रापक
शीतोष्ण बागवानी केन्द्र शीतोष्ण बागवानी केन्द्र |
व्यापारिक चिठी
सोलुखुम्बु पुस्तक पसल
सल्लेरी ५, सल्लेरी
कोशी प्रदेश, नेपाल
पत्र सं.
च. न.
मिति : २०८०/०१/१०
विषय : पुस्तक उपलब्ध गराइदिनेबारे ।
श्रीमान् महाप्रबन्धक,
साझा बिक्री कक्ष
भृकुटी मण्डप, काठमाडौँ
महोदय,
उपर्युक्त सम्बन्धमा यस सोलुखुम्बु पुस्तक पसल, सल्लेरीले विगत लामो समयदेखि तपाईंको साझा बिक्री कक्षबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा श्रीमानलाई अवगत नै छ । अहिले आएर निम्नानुसारका साहित्यिक पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराईदिनुहुन अनुरोध गरिन्छ :
क्र.स. पुस्तकको नाम लेखक प्रति
१. मुना मदन लक्ष्मीप्रसाद देवकोटा ३५०
२. जुगा हृदयचन्द्रसिंह प्रधान १५०
३. अनिँदो पहाडसँगै पारिजात १५०
४. राधा कृष्ण धराबासी २५०
५. गौरी माधव घिमिरे ३५०
६. पल्लो घरको झ्याल गोविन्दबहादुर मल्ल ‘गोठाले’ २५०
७. नयाँ घर आहुति १५०
८. आमा माक्सिम गोर्की ३५०
९. तरुण तपसी लेखनाथ पौड्याल ३५०
१०. सेतो धर्ती अमर न्यौपाने २५०
११. खुसी विजय कुमार २५०
उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. १११११११११११११ मा पेस्की स्वरूप रु. ५१,०००। (अक्षरेपि एकाउन्न हजार) जम्मा गरेको बैङ्क भौचर यसै पत्रसाथ पठाइएको छ । बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गरिन्छ ।
सहयोगका लागि धन्यवाद
भवदीय
प्रो. तेजप्रसाद कोइराला
खामको नमुना
टिकट
प्रेषक : प्रापक :
तेजप्रसाद कोइराला श्रीमान् महाप्रबन्धक साझा बिक्री कक्ष
सोलुखुम्बु पुस्तक पसल पुल्चोक, ललितपुर, नेपाल
सल्लेरी ५, सल्लेरी, नेपाल
नयाँ वर्षको उपलक्ष्यमा कुनै पनि संस्थाले दिने शुभकामनाको नमुना पत्र तयार पार्नुहोस् ।
श्री महालक्ष्मी माध्यमिक विद्यालय
लक्ष्मीबजार, गोरखा नगरपालिका–९, गोरखा
मिति : २०८३/०१/०१
नयाँ वर्षको शुभकामना
नयाँ वर्ष २०८३ को सुखद अवसरमा यस विद्यालय परिवारका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
नयाँ वर्षले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक सोचको विकास गर्दै व्यक्तिगत तथा सामाजिक जीवनमा सफलता प्राप्त गर्न प्रेरणा प्रदान गरोस्। आगामी दिनहरूमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सबैको निरन्तर सहयोग र सहकार्य प्राप्त भइरहोस् भन्ने कामना गर्दछौँ।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
शुभेच्छुक
प्रधानाध्यापक
श्री महालक्ष्मी माध्यमिक विद्यालय
लक्ष्मीबजार, गोरखा
(क) जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी हुन पाऊँ भन्दै जिल्ला शिक्षा अधिकारीलाई लेखिने निवेदन
मिति : २०८३/०६/१९
श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यू
शिक्षा विकास तथा समन्वय इकाइ
गोरखा ।
विषय : जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी हुन पाऊँ भन्ने सम्बन्धमा ।
महोदय,
उपर्युक्त विषयमा त्यस शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा हुन गइरहेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी हुने मेरो इच्छा भएकाले यो निवेदन पेस गरेको छु। म श्री महालक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीबजार, गोरखामा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुँ। विद्यालयमा आयोजना हुने विभिन्न निबन्ध लेखन तथा साहित्यिक प्रतियोगितामा सहभागी हुँदै आएको र नेपाली विषयमा विशेष रुचि भएकाले उक्त प्रतियोगितामा सहभागी भई आफ्नो लेखन क्षमता प्रस्तुत गर्न चाहन्छु।
निबन्ध लेखनले विद्यार्थीमा सिर्जनात्मक क्षमता, भाषिक दक्षता, तार्किक चिन्तन तथा आफ्ना विचारलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने सीपको विकास गर्ने भएकाले यस्ता प्रतियोगितामा सहभागी हुनु मेरो शैक्षिक विकासका लागि समेत उपयोगी हुने विश्वास लिएको छु। त्यसैले उक्त जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। आवश्यक परेमा विद्यालयबाट सिफारिसपत्र तथा अन्य विवरणसमेत पेस गर्नेछु।
अतः मेरो रुचि र क्षमतालाई ध्यानमा राखी उक्त प्रतियोगितामा सहभागी हुन अनुमति प्रदान गरिदिनुहुन सादर अनुरोध गर्दछु।
निवेदक
नाम : साजन थापा
कक्षा : १०
रोल नं. : २०
विद्यालय : श्री महालक्ष्मी माध्यमिक विद्यालय
लक्ष्मीबजार, गोरखा ।
(ख) विद्यालयले आयोजना गरेको अन्तर सदन कविता वाचन प्रतियोगिताको लागि तयार पारिने निमन्त्रणाको नमुना तयार पार्नुहोस् ।
श्री महालक्ष्मी माध्यमिक विद्यालय
गोरखा नगरपालिका वडा नं. ९, लक्ष्मीबजार, गोरखा
विषय: निमन्त्रणा सम्बन्धमा ।
मिति : २०८३/०७/०५
श्री गुणराज अर्याल ज्यू,
गोरखा नगरपालिका-९,
लक्ष्मीबजार, गोरखा
यस विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरूमा अन्तर्निहित साहित्यिक प्रतिभाको पहिचान, विकास र प्रस्फुटन गराउने मूल उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा ‘अन्तर सदन कविता वाचन प्रतियोगिता’ भव्यताका साथ सम्पन्न हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौँ।
उक्त साहित्यिक कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। यहाँको उपस्थितिले हाम्रा नवोदित विद्यार्थी प्रतिभाहरूको हौसला बुलन्द हुनुका साथै कार्यक्रमको शोभा अझ बढ्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।
कार्यक्रमको विवरण: मिति: २०८३ साल कात्तिक १२ गते, बिहीबार
समय: दिनको ठिक ११:०० बजे
स्थान: विद्यालयको सभाहल
आयोजक:
श्री महालक्ष्मी माध्यमिक विद्यालय
गोरखा नगरपालिका वडा नं. ९, लक्ष्मीबजार, गोरखा
विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै पुस्तक पसलका तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी, भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस्।
श्री जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
सानोठिमी, भक्तपुर।
विषय : विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध।
महोदय,
उपर्युक्त सम्बन्धमा यस पुस्तक पसलबाट विद्यालय तहका विद्यार्थीहरूका लागि आवश्यक पाठ्यपुस्तक बिक्रीवितरण गर्दै आइरहेको कुरा जानकारी गराउन चाहन्छौँ। नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हुँदा विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तकहरूको माग अत्यधिक बढेको छ। हाल यस पुस्तक पसलमा विद्यार्थी तथा अभिभावकहरूबाट विभिन्न कक्षाका अनिवार्य विषयका पाठ्यपुस्तकको माग भइरहेको छ।
यस पुस्तक पसलमा देहायबमोजिमका पाठ्यपुस्तकहरू आवश्यक परेकाले उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ।
१. कक्षा ९ का अनिवार्य विषयका पाठ्यपुस्तक – ५० सेट
२. कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक – ५० सेट
३. कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक – ३० सेट
४. कक्षा १२ का अनिवार्य विषयका पाठ्यपुस्तक – ३० सेट।
उल्लिखित पाठ्यपुस्तकहरू यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ। पाठ्यपुस्तकको मूल्य तथा ढुवानी खर्च केन्द्रको नियमानुसार यस पुस्तक पसलबाट भुक्तानी गरिनेछ। साथै, पुस्तकहरू प्राप्त भएपछि सम्बन्धित बिलबमोजिमको रकमसमेत समयमै भुक्तानी गरिने व्यहोरा जानकारी गराउँदछौँ।
अतः विद्यार्थीहरूको पठनपाठनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले माग गरिएका पाठ्यपुस्तकहरू समयमै उपलब्ध गराइदिनुहुन पुनः अनुरोध गर्दछौँ। आगामी दिनमा पनि यस पुस्तक पसल र केन्द्रबीचको सहकार्य निरन्तर रहने अपेक्षा गरेका छौँ।
धन्यवाद !
भवदीय,
(रामप्रसाद अधिकारी\)
सञ्चालक
ज्ञानज्योति पुस्तक पसल
नयाँ सडक, काठमाडौँ।
