Curriculum
- 19 Sections
- 50 Lessons
- 10 Weeks
- १. उज्यालो यात्रा कविता2
- २. घरझगडा कथा2
- ३. चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध2
- ४. यस्तो कहिल्यै नहोस् मनोवाद4
- ५. लक्ष्मीप्रसाद देवकोटा जीवनी5
- 5.1लक्ष्मीप्रसाद देवकोटा जीवनी पाठ पढ्नुहोस् ।
- 5.2लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
- 5.3व्याख्या (क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
- 5.4व्याख्या (ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।
- 5.5लक्ष्मीप्रसाद देवकोटा Quiz Questions
- ६. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवाद2
- ७. शत्रु कथा3
- ८. नेपाली हाम्रो श्रम र सिप कविता5
- ९. मेरो देशको शिक्षा निबन्ध3
- १०. व्यावसायिक चिठी चिठी3
- ११. कर्तव्य कथा3
- १२. पाब्लो पिकासो जीवनी3
- १३. पख्नोस् निबन्ध2
- १४. घरको माया एकाङ्की2
- १५. गाउँमाथि एउटा कविता कविता2
- १६. आयाम कथा2
- १७. सन्दुक रुइत जीवनी2
- प्रश्नपत्र र उत्तरहरु2
- अभिव्यक्ति लेखन1
प्रश्नोत्तर
BP81
१. जोडा मिलाउनुहोस् : समृद्ध—धनधान्य आदिले सम्पन्न, फसाद—असजिलो अवस्था, दसी—प्रमाण, चित्त—दिल।
२. खाली ठाउँ भर्नुहोस् : (क) मुलुकको पर्यायवाची—देश। (ख) अनुचितको विपरीतार्थी—उचित। (ग) अनेकार्थी शब्द—तर। (घ) दश वर्षको अवधि जनाउने सिङ्गो शब्द—दशक।
३. उखान र अनुकरणात्मक शब्दको प्रयोग : (क) उखान—आए आँप गए झटारो। वाक्य—तयारी खासै छैन, तैपनि आए आँप गए झटारो भनेर जाँच दिन जाँदै छु। (ख) अनुकरणात्मक शब्द—फरक्क। वाक्य—बहिनी मलाई देख्नेबित्तिकै फरक्क फर्की।
४. (क) शुद्ध शब्द : (अ) विश्वविद्यालय। (आ) चञ्चल। (ख) वाक्य शुद्धीकरण : देवकोटाको कवित्व, व्यक्तित्व र प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान अद्वितीय रहेका छन्।
५. पदवर्ग : स्याबास—विस्मयादिबोधक, तिमीले—सर्वनाम, निकै—क्रियाविशेषण, राम्रो—विशेषण, भरि—नामयोगी, रहिरहोस्—क्रियापद।
६. (क) शब्द निर्माण : उपसर्ग—अधिकार=अधि+कार, विभिन्न=वि+भिन्न। प्रत्यय—नागरिक=नगर+इक, सङ्घीय=सङ्घ+ईय। (ख) समस्त शब्दको विग्रह, विग्रह पदावली र द्वित्व : समस्त शब्दको विग्रह—बैठककोठा=बैठक बस्ने कोठा। विग्रह पदावलीको समस्त शब्द—दाहिने हातको=दाहिनेहात। द्वित्व—ससानो=सानो+सानो, चियासिया=चिया+चिया।
७. अभ्यस्त भूतकाल : विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे। आफूलाई आवश्यक पर्ने सामग्री खोजीखोजी पढ्थे। पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्थे। थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्थे।
८. भाव/पक्ष परिवर्तन : (क) इच्छार्थक भाव : मेरो साथीले सधैँ प्रगति गरोस्। उसले परीक्षामा उत्कृष्ट अङ्क ल्याओस्। उसको भविष्य उज्ज्वल होस्। उसले जीवनका हरेक पाइलामा सफलता चुमोस्। (ख) प्रथम पुरुषमा परिवर्तन : मैले धेरै दुःख पाएको छु। म सुख पाउन सङ्घर्ष गर्दै छु। मैले हार मानेको छैन। म कुनै दिन पक्कै पनि सुखी हुने छु।
९. वाक्य रूपान्तरण : (क) वाक्य संश्लेषण : नेपालमा पर्ने सगरमाथाले देशको गौरव बढाएको छ। (ख) कर्मवाच्य : मद्वारा साथी बाटामा भेटियो। (ग) प्रेरणार्थक : हामी अरूलाई कविता लेख्न लगाउँदै छौँ। (घ) अप्रत्यक्ष कथन : समीक्षाले आफूले योग साधना आरम्भ गरेको कुरा बताइन्।
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : कृष्ण राय सदाको जस्तै मध्यस्थ भएनन्। (ख) ‘गाउँमा’ को कारक र विभक्ति : अधिकरण कारक, सप्तमी विभक्ति। (ग) उद्देश्य र विधेय : उद्देश्य—कृष्ण राय, विधेय—भएका थिए। (घ) संयुक्त वाक्य : गाउँलेले तिनीमाथि विश्वास गर्थे र तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे।
GP81
१. जोडा मिलाउनुहोस् : अनाहक—कुनै प्रयोजनबिना, घैया—पानी नलाग्ने खेतबारीमा रोपिने एक किसिमको धान, क्षितिज—पृथ्वी र आकाश जोडिएको जस्तो देखिने स्थान, विदुषी—विद्वान् महिला।
२. खाली ठाउँ भर्नुहोस् : (क) कृषिको पर्यायवाची—खेतीपाती। (ख) प्राचीनको विपरीतार्थी—आधुनिक। (ग) अनेकार्थी शब्द—कर। (घ) कोदालोको लघुतावाची—कोदाली।
३. उखान र अनुकरणात्मक शब्दको प्रयोग : (क) उखान—हुने बिरुवाको चिल्लो पात। वाक्य—सानै उमेरमा पुरस्कार जितेकी मुनालाई देख्दा हुने बिरुवाको चिल्लो पात भनेको यही हो जस्तो लाग्छ। (ख) अनुकरणात्मक शब्द—फटाफट। वाक्य—पानी पर्न थालेपछि किसानहरूले फटाफट धान काटे।
४. (क) शुद्ध शब्द : (अ) विश्व। (आ) जर्याकजुरुक। (ख) वाक्य शुद्धीकरण : प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटक नेपाल भित्रिएका छन्। उनीहरू यहाँको प्रकृतिमा रमाएका छन्।
५. पदवर्ग : कान्छो—नाम, बसेर—क्रियायोगी, उद्यमशील—विशेषण, भन्छ—क्रियापद, मलाई—सर्वनाम, त—निपात, अति—क्रियायोगी, लाग्यो—क्रियापद।
६. (क) उपसर्ग र प्रत्यय लागेका शब्द : उपसर्ग—संवेदना=सम्+वेदना, विलक्षण=वि+लक्षण। प्रत्यय—मानवीय=मानव+ईय, युगीन=युग+ईन। (ख) समस्त शब्द, विग्रह र द्वित्व : समस्त शब्दको विग्रह—धोक्रेसुरुवाल=धोक्रे जस्तो सुरुवाल। विग्रह पदावलीको समस्त शब्द—पानीको घट्ट=पानीघट्ट। द्वित्व—घरघरमा=घर+घर, झैझगडा=झगडा+झगडा।
७. अभ्यस्त भूतकालमा परिवर्तन : सङ्गीता बिहान सबेरै उठ्थिन्। उनी आफ्नो बिहानको काम सकेर केहीबेर गृहकार्य गर्थिन्। उनी आमालाई भान्साको काममा सघाउँथिन्। उनी खाना खाएर समयमै विद्यालय जान्थिन्।
८. भाव परिवर्तन : (क) आज्ञार्थक भाव : भाइ, शैक्षिक भ्रमणमा जाँदा शिक्षकको निर्देशन पालना गर। साथीहरूसँग मिलेर बस। नयाँ ठाउँका बारेमा डायरीमा टिपोट गर। जथाभावी फोहोर नफाल। (ख) एकवचनमा परिवर्तन : ऊ सहरबाट घर फर्क्यो। उसले घर आउँदा गाउँलेका लागि कोसेली पनि किन्यो। मोटो मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राख्यो। घर पुग्दा उसलाई सेतो हिमालले स्वागत गर्न लागेझैँ आभास भएछ।
९. वाक्य परिवर्तन : (क) वाक्य विश्लेषण : हामी सगरमाथाको आधार शिविर पुग्छौँ। हामी त्यहाँको हिमाली सौन्दर्यमा रमाउँछौँ। (ख) कर्मवाच्य : हामीद्वारा आधुनिक तरकारी खेती गरिन्छ। (ग) प्रेरणार्थक : म सरलालाई पढाउँछु। (घ) अप्रत्यक्ष कथन : गुरुबाले हामी नेपाली विषयमा अब्बल भएको कुरा बताउनुभयो।
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) करण : तपाईं आफू मात्र पर्खिरहेको ठान्नुहोस्। (ख) ‘मान्छेले’ को कारक र विभक्ति : कर्ताकारक, प्रथमा विभक्ति। (ग) उद्देश्य र विधेय : उद्देश्य—तपाईंले, विधेय—गर्नुपर्छ। (घ) मिश्र वाक्य : जो सभ्य शिक्षितहरू हुन्छन्, तिनीहरू चिल्ला शब्द प्रयोग गर्छन्।
KaP81
१. जोडा मिलाउनुहोस् : दसी—प्रमाण, सङ्कल्प—दृढ निश्चय, निष्ठा—आस्था, कर्जा—ऋण।
२. खाली ठाउँ भर्नुहोस् : (क) दर्पणको पर्यायवाची—ऐना। (ख) सक्कलको विपरीतार्थी—नक्कल। (ग) समूहवाची शब्द—पल्टन। (घ) तोपको श्रुतिसमभिन्नार्थी शब्द—टोप।
३. टुक्का र पारिभाषिक शब्दको प्रयोग : टुक्का—कन्सिरी तात्नु। वाक्य—उसको कुरा सुनेर मेरो कन्सिरी तात्यो। पारिभाषिक शब्द—निरोपण। वाक्य—अदालतले मुद्दाको निरोपण गर्यो।
४. (क) शुद्ध शब्द : (अ) कञ्चन। (आ) वातावरण। (ख) वाक्य शुद्धीकरण : मेरो देशको शिक्षालाई सिपयुक्त, समुन्नत र व्यावहारिक बनाउन अहिलेका चुनौतीलाई अवसरका रूपमा बदल्नुपर्छ।
५. पदवर्ग : गरिब—विशेषण, गरिबले—नाम, नै—निपात, तर—संयोजक, होइन—क्रियापद, हामीले—सर्वनाम, सबैसँग—सर्वनाम, मिलेर—क्रियायोगी, पो—निपात, काम—नाम, गर्नुपर्छ—क्रियापद।
६. (क) उपसर्ग र प्रत्यय लागेका शब्दको निर्माण प्रक्रिया : उपसर्ग—अभिवादन=अभि+वादन, प्रज्ज्वल=प्र+ज्वल। प्रत्यय—बुद्धिमान्=बुद्धि+मान्, चिकित्सक=चिकित्सा+अक। (ख) समस्त शब्दको विग्रह, विग्रह पदावली र द्वित्व : समस्त शब्दको विग्रह—माघेसङ्क्रान्ति=माघमा पर्ने सङ्क्रान्ति। विग्रह पदावलीको समस्त शब्द—तीन नदीको सङ्गम=त्रिवेणी। द्वित्व—भातसात=भात+सात, गनगन=गन+गन।
७. अपूर्ण वर्तमान कालमा परिवर्तन : नेत्रलालले गीत गाउँदैछन्। उनले मादल बजाउँदैछन्। आफू पनि नाच्दैछन्। अरूलाई पनि नचाउँदैछन्।
८. भाव परिवर्तन : (क) आज्ञार्थक भाव : बहिनी, बिहान सबेरै उठ। आफ्नो कोठा सफा गर। समयमै खाना खाऊ। नियमित रूपमा पढ। (ख) प्रथम पुरुषमा परिवर्तन : म नेपाली हुँ। मैले नेपाललाई माया गर्नुपर्छ। म स्वदेशमा नै बसी आफ्नो सिप, सिर्जना र पसिना बहाउनुपर्छ। मैले देशको मुहार फेरिएको हेर्न पाउनुपर्छ।
९. वाक्य परिवर्तन : (क) वाक्य विश्लेषण : हामी घाम ताप्न गयौँ, किनभने जाडो धेरै भयो। (ख) कर्तृवाच्य : भाइबहिनीले पाठ पढ्छन्। (ग) प्रेरणार्थक : सानीले बहिनीलाई बिहानै उठ्न लगाउँछे। (घ) प्रत्यक्ष कथन : आमाले भन्नुभयो, “सबैजना खाना खान आओ।”
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : घरमा पनि यिनी बाघ बनेनन्। (ख) ‘मैले’ को कारक र विभक्ति : कर्ताकारक, ‘ले’ विभक्ति। (ग) उद्देश्य र विधेय : उद्देश्य—मैले, विधेय—गरेकी हुँ। (घ) मिश्र वाक्य : अमृत कुपात्रमा पर्यो भने त्यो पनि विष बन्छ।
KP81
१. जोडा मिलाउनुहोस् : चित्रपट—क्यानभास, द्वेष—डाहा, शत्रुता, टालो—कपडाको सानो टुक्रा, विलक्षण—असाधारण।
२. खाली ठाउँ भर्नुहोस् : (क) कालको पर्यायवाची—समय। (ख) अँध्यारोको विपरीतार्थी—उज्यालो। (ग) थालको लघुतावाची—टपरी। (घ) अनेकार्थी शब्द—साल।
३. उखान र अनुकरणात्मक शब्दको प्रयोग : उखान—अर्थ न बर्थ गोविन्द गाई। वाक्य—उसले अर्थ न बर्थ गोविन्द गाई भनेझैँ कुरा गरेर सबैलाई हँसायो। अनुकरणात्मक शब्द—झलक्क। वाक्य—बाटोमा पुरानो साथीलाई झलक्क देखेँ।
४. (क) शुद्ध शब्द : (अ) शोषण। (आ) घण्टाघर। (ख) वाक्य शुद्धीकरण : पर्खनुहोस्, हामी तपाईंसँग केही कुरा गर्छौं। हामी कुनै ठाउँमा गएर बसौँ।
५. पदवर्ग : आफ्ना—विशेषण, छाडेर—क्रियायोगी, उनी—सर्वनाम, हिँडेछन्—क्रियापद, बिरामले—नाम, भित्र—नामयोगी।
६. (क) शब्द निर्माण : उपसर्ग—अध्यापन=अधि+आपन, अनुसन्धान=अनु+सन्धान। प्रत्यय—गाउँले=गाउँ+ले, सहरिया=सहर+इया। (ख) समस्त शब्द, विग्रह र द्वित्व : समस्त शब्दको विग्रह—दाजुभाइ=दाजु र भाइ। विग्रह पदावलीको समस्त शब्द—वनमा बस्ने=वनवासी। द्वित्व—ससाना=साना+साना, ठुल्ठुला=ठुला+ठुला।
७. पूर्ण भविष्यत् काल : हामी पोखरा गएका हुनेछौँ। त्यहाँको सफा होटलमा खाना खाएका हुनेछौँ। त्यहाँको सौन्दर्यमा रमाएका हुनेछौँ। तीन दिनपछि घर फर्केका हुनेछौँ ।
८. (क) सामान्यार्थ भाव : खेलकुदले मानव स्वास्थ्यलाई स्वस्थ राख्छ। यसले शरीरलाई बलियो बनाउँछ। नियमित खेलकुदले रोगबाट बचाउँछ। यसले मानिसलाई सक्रिय र फुर्तिलो बनाउँछ। (ख) तृतीय पुरुषमा परिवर्तन : ऊ बिहान सबेरै उठ्छ। ऊ नियमित विद्यालय जान्छ। ऊ किताबी ज्ञानका साथै प्राकृतिक विषयमा पनि चासो देखाउँछ। ऊ सबैको भलो चाहन्छ।
९. वाक्य परिवर्तन : (क) वाक्य विश्लेषण : चराहरू चिरबिराए किनभने उज्यालो भयो। (ख) कर्मवाच्य : श्वेताद्वारा फूलहरू टिपिए। (ग) प्रेरणार्थक : मैले नेपालीमा टाइप गर्न सिकाएँ। (घ) प्रत्यक्ष कथन : देवकोटाले भने, “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।”
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : कर्तव्यलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, कानुनी गरी विविध रूपमा वर्गीकरण गर्न नसकिने होइन। (ख) ‘समाजमा’ को कारक र विभक्ति : अधिकरण कारक, सप्तमी विभक्ति। (ग) आलङ्कारिक पदक्रम : निस्वार्थ कर्तव्यपरायणताको परिणाम थियो मदर टेरेसाको समाजसेवा। (घ) सरल वाक्य : कुनै व्यक्तिले पाटीपौवा, धारा र विद्यालय भवन बनाएमा त्यो पनि नैतिक कर्तव्य हो।
LP81
१. जोडा मिलाउनुहोस् : सौरभ—सुगन्ध, दृष्टान्त—उदाहरण, फिराद—उजुर, अनौ—हलाको हातो, मुठ, टालो—कपडाको सानो टुक्रा।
२. खाली ठाउँ भर्नुहोस् : (क) खोलाको पर्यायवाची—नदी। (ख) घृणाको विपरीतार्थी—माया। (ग) दीनको श्रुतिसमभिन्नार्थी—दिन। (घ) घाममा सुकाइने अन्नलाई—बिस्कुन भनिन्छ।
३. उखान र अनुकरणात्मक शब्दको प्रयोग : उखान—हुने हार दैव नटार। वाक्य—धेरै प्रयास गर्दा पनि हुने हार दैव नटार भनेझैँ उसले आफ्नो योजना पूरा गर्न सकेन। अनुकरणात्मक शब्द—धुरुधुरु। वाक्य—आमाको कुरा सम्झेर ऊ धुरुधुरु रोयो।
४. (क) शुद्ध शब्द : (अ) अनुशासन। (आ) पञ्चतत्त्व। (ख) वाक्य शुद्धीकरण : मायाले भनिन्, “आज भाउजू र दाइ घरमा आमासँग बस्नुभएको छ।”
५. पदवर्ग : जो—विशेषण, मानिस—नाम, त्यसैले—संयोजक, हामी—सर्वनाम, निरन्तर—क्रियाविशेषण, बनौँ—क्रियापद।
६. (क) शब्द निर्माण : उपसर्ग—वियोग=वि+योग, विभिन्न=वि+भिन्न। प्रत्यय—पारिवारिक=परिवार+इक, प्राकृतिक=प्रकृति+इक। (ख) समस्त शब्द, विग्रह र द्वित्व : समस्त शब्दको विग्रह—छोराछोरी=छोरा र छोरी। विग्रह पदावलीको समस्त शब्द—अरूको निर्भरता=परनिर्भरता। द्वित्व—मुसुमुसु=मुसु+मुसु, छोराछोरी=छोरा+छोरी।
७. अभ्यस्त भूतकाल : आयुष मिहिनेत गर्थे। उनी सधैँ काममा जान्थे। परिवारको राम्रो ख्याल गर्थे। उनी सधैँ आफ्नो परिवारसँग रमाउँथे।
८. (अ) सम्भावनार्थक भाव : मैले नियमित रूपमा पढ्न सकूँला। म परीक्षामा राम्रो अङ्क ल्याउँला। म कठिन विषयहरू पनि बुझूँला । म पढाइमा सफल होऊँला। (आ) प्रथम पुरुषमा परिवर्तन : म विद्यार्थी हुँ। म नियमित विद्यालय जान्छु। म मिहिनेत गरेर पढ्छु। म सफल हुन्छु।
९. वाक्य परिवर्तन : (क) वाक्य विश्लेषण : विद्यार्थीहरू दार्जिलिङ घुमे र घर फर्के। (ख) कर्तृवाच्य : हामीले आकाशमा ताराहरू देख्यौँ । (ग) प्रेरणार्थक : भाइले गृहकार्य गराउँछ। (घ) अप्रत्यक्ष कथन : बतासेले आफू एकछिन पनि विदेशमा बस्न नसक्ने कुरा बताइन्।
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : म बिहान आठ बजे निस्कन्नथेँ । (ख) ‘अनुहारमा’ को कारक र विभक्ति : अधिकरण कारक, सप्तमी विभक्ति। (ग) उद्देश्य र विधेय : उद्देश्य—म, विधेय—बनाउँथेँ। (घ) सरल वाक्य : हाँस्दा आँखाका चेप अझै खुम्चने गरी केही असजिलोसँग खुम्चिएका छन्।
MP81
१. जोडा मिलाउनुहोस् : तिलाञ्जली—कुनै कुराको त्याग, गायव—हराउने काम, दृष्टान्त—उदाहरण, इख—प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष
२. खाली ठाउँ भर्नुहोस् : (क) ढिपीको पर्यायवाची— जिद्दी/हठ । (ख) जितको विपरीतार्थी—हार। (ग) अनेकार्थी शब्द—सुर। (घ) व्यक्ति वा मानिसको समूह बुझाउने शब्द—भिड।
३. उखान र प्राविधिक शब्दको प्रयोग : उखान—हुने हार दैव नटार। वाक्य—धेरै प्रयास गरे पनि हुने हार दैव नटार भनेझैँ उसको प्रयास सफल हुन सकेन। प्राविधिक शब्द—रुइतेक्टोमी। वाक्य—रुइतेक्टोमी मोतीबिन्दुको उपचारमा प्रयोग हुने चिकित्सा पद्धति हो।
४. (क) शुद्ध शब्द : (अ) डोऱ्याउनु। (आ) शासन। (ख) वाक्य शुद्धीकरण : हातमा घडी लगाएर तिमी कता हिँड्यौ? यहाँको रमाइलोमा घुमफिर गर्न मन लागेन?
५. पदवर्ग : गरिब—नाम, हामी—सर्वनाम, गर्नुपर्छ—क्रियापद, देशको—विशेषण, सधैँ—क्रियाविशेषण, है—निपात।
६. (क) शब्द निर्माण : उपसर्ग—अवलोकन=अव+लोकन, स्वागत=सु+आगत। प्रत्यय—हिमाली=हिमाल+ई, पर्यटकीय=पर्यटक+ईय। (ख) समस्त शब्द, विग्रह र द्वित्व : समस्त शब्दको विग्रह—भानिजदाइ=भानिज र दाइ। विग्रह पदावलीको समस्त शब्द—रोगले ग्रस्त=रोगग्रस्त। द्वित्व—आआफ्नो=आफ्नो+आफ्नो, खानामाना=खाना+खाना।
७. सामान्य भविष्यत् काल : भाइ बिहानै विद्यालय जानेछ। ऊ राम्ररी पढ्नेछ। नबुझेका कुरा गुरुसँग सोध्नेछ। साथीहरूसँग मिलेर खेल्नेछ।
८. (क) इच्छार्थक भाव : तिम्रो सफलता अझै बढोस्। तिमीले जीवनमा ठूलो प्रगति गर्न सक। तिम्रा सबै सपना पूरा होऊन्। तिमी सधैँ सफल र सुखी रहू।
९. वाक्य परिवर्तन : (क) वाक्य विश्लेषण : विदिता विद्यालय गइन् र साथीसँग खेलिन्। (ख) कर्मवाच्य : दाजुलाई हामीबाट ढोगिन्छ। (ग) प्रेरणार्थक : भाइले साथीलाई सङ्गीत सिकाउँछ। (घ) प्रत्यक्ष कथन : गुरुआमाले भन्नुभयो, “मिहिनेत गरेर पढ।”
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : यो हाम्रो बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक, महान् र तेजवान् नभएको होइन। (ख) ‘ज्ञानचक्षुबाट’ को कारक र विभक्ति : करण कारक, तृतीया विभक्ति। (ग) आलङ्कारिक पदक्रम : शिक्षा आर्जन गर्छौं हामी। (घ) सरल वाक्य : शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिएकाले यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ।
SP81
१. जोडा मिलाउनुहोस् : दृष्टान्त—उदाहरण, भकारो—पशुको मल, उदात्त—महान्, फसाद—असजिलो अवस्था।
२. खाली ठाउँ भर्नुहोस् : (क) निरन्तरको पर्यायवाची—अनवरत। (ख) विश्रामको विपरीतार्थी—गति। (ग) अनेकार्थी शब्द—पल। (घ) समयको लघुतावाची—पल।
३. उखान र अनुकरणात्मक शब्दको प्रयोग : उखान—हुने बिरुवाको चिल्लो पात। वाक्य—हुने बिरुवाको चिल्लो पात भनेझैँ राम सानैदेखि पढाइमा अब्बल थियो। अनुकरणात्मक शब्द—खुरुखुरु। वाक्य—उसले खुरुखुरु गृहकार्य गर्यो।
४. (क) शुद्ध शब्द : (अ) विविधता। (आ) भर्याङ। (ख) वाक्य शुद्धीकरण : गाउँतिर जन्मेका हामी कर्मशील छौँ। हामी खेती र पशुपालन पनि गर्छौँ।
५. पदवर्ग : यो—सर्वनाम, भन्दा—नामयोगी, भएकाले—संयोजक, काम—नाम, म—सर्वनाम, दिन्छु—क्रियापद।
६. (क) शब्द निर्माण : उपसर्ग—अपरिहार्य=अ+परिहार्य, अनिवार्य=अन्+वार्य। प्रत्यय—मानवीय=मानव+ईय, सामाजिक=समाज+इक। (ख) समस्त शब्द, विग्रह र द्वित्व : समस्त शब्दको विग्रह—भानिजदाइ=भानिज र दाइ। विग्रह पदावलीको समस्त शब्द—खाद्य पदार्थ=खाद्यपदार्थ। द्वित्व—ससाना=साना+साना, पटकपटक=पटक+पटक।
७. अज्ञात भूत काल : आनीले चौरी पालन गरिछे। यसबाट उनको आर्थिक अवस्था राम्रो भएछ। सबैले उनको प्रशंसा गरेछन् । उनले सम्मान पनि पाइछे।
८. (क) सम्भावनार्थक भाव : मेरो साथीले आफ्नो काम राम्ररी गर्न सक्ला। उसले समयमै काम पूरा गर्ला। उसले सबैको सहयोग पाउला । ऊ आफ्नो काममा सफल होला।
९. वाक्य परिवर्तन : (क) वाक्य संश्लेषण : आज घाम लागेर न्यानो हुन्छ। (ख) भाववाच्य : उनीबाट आजै घर गइन्छ। (ग) प्रेरणार्थक : सानो भाइले खेलाउँछ। (घ) अप्रत्यक्ष कथन : डाक्टरले औषधी खान सल्लाह दिए।
१०. अनुच्छेदका प्रश्नको उत्तर : (क) अकरण : तिमी सिपाही बन्यौ भने जनरल नहुने होइनौ। (ख) ‘बालबालिकामा’ को कारक र विभक्ति : अधिकरण कारक, सप्तमी विभक्ति। (ग) उद्देश्य र विधेय : उद्देश्य—पिकासो, विधेय—एक पटक भनेका छन्। (घ) संयुक्त वाक्य : उसले जीवनलाई सार्थक बनाउँछ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ।
